काठमाडौं /शनिबार राती भूकम्पको धक्का महशुस भएको छ । काठमाडौं, धादिङसहित विभिन्न जिल्लामा भूकम्पको धक्का महशुस भएको हो ।
धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर शनिबार राती ९ बजेर ३६ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
यो भूकम्प नयाँ नभएर २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।