कोरोना संक्रमित १६६ जना थपिए, १ हजार ५ सय ६७ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित १६६ जना थपिए, १ हजार ५ सय ६७ पुग्यो


काठमाडौं / कोरोना भाइरस (कोभिड १९) को संक्रमित १ सय ६६ जना थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतवार देशका विभिन्न प्रयोगशालाबाट आएको परिक्षण नतिजा अनुसार नयाँ १६६ जना नयाँ संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरीएको परिक्षमा सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ३ जना पुरुषमा संक्रमित भेटिएको छ । जसमा तनहुँका १ जना र स्याङ्जाका २ जना रहेका छन् । नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पर्साकै ५ जना संक्रमित भेटिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ३७ जना नयाँ संक्रमित थपिएका छन् । जसमा कालिकोटको शुभमालिका गाउँपालिकाका १३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै कालिकोटकै महावैका ६ जना संक्रमित थपिएका छन् । दैलेखका ५ जना संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २६ जना संक्रमित भेटिएका छन् । जसमा सल्यानका २५ जना र सुर्खेत बराह तालका एकजना रहेका छन् । धुलिखेलको ल्याबमा गरिएको परीक्षणमा कपिलवस्तुका एकजनामा पोजेटिभ देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जना पोजेटिभ भेटिएका छन्। जसमा बाँके नरैनापुरका २ जना, खजुराका १ जना, नेपालगञ्जका ४ जना र बाँकै बैजनाथपुरका १ जनासहित छन् ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ देखिएको छ । उनीहरु सबै सप्तरी राजगढका रहेका छन् । सेती अस्पताल धनगढीमा गरिएको परीक्षणमा ५ जना पोजेटिभ देखिएका छन् । जसमा बाजुरा अस्पतालमा ज्यान गुमाएकी २ वर्षीया बालिका र उनकी आमा पनि छन्।

कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा झापा गौरीगञ्जका चारजना र विराटगरकी एकजना महिलामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंमा गरिएको परीक्षणमा धनुषाको मुखियापट्टीका २१ जनामा संक्रमित भेटिएका छन् । कपिलवस्तु महाराजगञ्जका ४ जना नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै रौतहतका २९ जना र सर्लाहीका १० नयाँ संक्रमित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ भने २ सय १९ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर