समाजसेवी विष्णु थङगम्बाको निधन - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

समाजसेवी विष्णु थङगम्बाको निधन

दमक / समाजसेवी विष्णु प्रसाद थङगम्बाको आइतबार निधन भएको छ ।

दमक स्थित आफ्नै निवासमा शनिबार साँझ खाना खाएर सुतेका थङ्गम्बा बिहान अबेरसम्म पनि नउठे पछि उनको कोठामा हेर्दा निधन भएको अवस्थामा भेटिएको पारिवारले जनाएको छ ।

निदाएकै अवस्थामा उनलाई हृदयघात भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको आफन्तले जनाउको छ तर विस्तृत रुपमा भने पाष्र्टमाटम पछि मात्रै थाहा हुने जनाएको छ ।

अन्तरमूखी स्वाभावका इमान्दार र सदाचारी थङ्गम्बा दिलमाया फाउण्डेशनका सदस्य रहेका थिए । त्यसतै उनी किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर लण्डन शाखाको सदस्य समेत रहेका थिए ।

सन् १९८३ मा गोर्खा सैनिक सेवामा भर्ना भएका थङ्गम्बा १५ वर्ष सम्म आर्मी सेवामा रहेका थिए । सैनिक सेवाबाट अवकास पाएपछि दमकमा केही बर्ष फर्निचर तथा काष्ठ ब्यापार गरे । त्यसपछि सन् २००० तिर बैदेशिक रोजगारीमा अमेरिकामा सीपीङ सेक्युरिटी (पानीजहाजको सुरक्षा गार्ड) को रुपमा काम गरे । त्यसपछि सन २००८ मा बेलायत गएका थिए ।

मृत थङ्गम्बाको जन्म पाँचथर जिल्ला हिल्लीहाङ गाउँपालिका (साविक पञ्चमी गाविस – ९ (सिम्भुवा), मा पिता कृष्णप्रसाद थङ्गम्बा र आमा जसमती इजम को कोखबाट सन् १९६५ सालमा भएको थियो । अहिले उनी दमकमा आफ्नो जीवन संगिनी चन्द्र कुमारी तावाका साथ बसोबास गर्थे भने उनका दुई छोराहरु बेलायतमा रहदै आएका छन् ।

सम्बन्धित खवर