आजै २ सय ३९ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १८ सय नाघ्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजै २ सय ३९ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १८ सय नाघ्यो

काठमाडौ / कोरोना भाइरस (कोभिड १९) को संक्रमित सोमबार एकै दिनमा थप २ सय ३९ जना थपिएका छन् । यससंगै नेपालमा कोरो संक्रमित १८ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले २ सय २६ जनामा संक्रमण पुष्टि भएको बताएका थिए । त्यस्को केही घण्टा पछि मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार १३ जना संक्रमण पुष्टि भएको जनाएका छन् ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ

अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने २ यि २१ जना निको भएका छन् ।

सम्बन्धित खवर