नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यू हुनेको संख्या ९ पुग्यो - Mangsebung News
  • शनिबार, असार ०२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृत्यू हुनेको संख्या ९ पुग्यो

काठमाडौं / कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यू हुनेको संख्या ९ पुगेको छ ।

बुधबार काठमाडौंका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियुमा उपचार गराइरहेका दोलखाका ७६ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भिमेश्वर नगरपालिका–२, का ७६ वर्षीय वृद्धदोलखाका ७६ वर्षीय व्यक्तिको कोरोनाका कारण मृत्यु भएको जानकारी दिए ।

हेमोरेजिक स्ट्रोक भएपछि उनी जेठ १३ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए ।

शल्यक्रियापछि जेठ १५ गते स्वाब परीक्षणका क्रममा संक्रमण देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सारिएको थियो ।

सम्बन्धित खवर