लकडाउन उलंघन गर्दै आजबाट बजार खुल्ने - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन उलंघन गर्दै आजबाट बजार खुल्ने


काठमाडौं / कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि भन्दै सरकारले लक डाउन लगाएको छ । तर यो लामो लक डाउनको कारण उद्योगी–व्यवसायीहरु व्यवसायबाटै पलायन हुनुपर्ने होइन रोजीरोटी नै गुम्ने अवस्था आउन सक्ने भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले बजार खोल्ने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिहीबारबाट बिहान ११ बजेसम्म दैनिक पसलहरु खोल्ने जनाएका हुन् ।

कोरोना नियन्त्रणका लागि पालनाम गर्नुपर्ने सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पुरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सरकारले लकडाउन खोल्ने बिषयमा कुनै तदारुकता नदेखाई उल्टै व्यवसायीलाई कर तिर्न ताकेता गरेको भन्दै रहरले नभइ बाध्यताले खोल्नु परेको विज्ञप्तीमा जनाएको छ ।
जारी विज्ञप्ती :–

सम्बन्धित खवर