प्रदेश २ का ५ जना मर्यादापालक पनि कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, साउन ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश २ का ५ जना मर्यादापालक पनि कोरोना संक्रमित


जनकपुरधाम / प्रदेश २ को प्रदेशसभामा मर्यादापालकका रुपमा रहेका ५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरीएको परीक्षणमा नेपाल प्रहरीका कर्मचारी रहेका ५ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । उनीहरु प्रदेश २ को प्रदेशसभाका मर्यादापालक भएको बताएको छ ।

संक्रमित पाँचै जनालाई आइसोलेसनमा राखिएको जानकारी दिए ।

चौथो अधिवेशनको बैठक बस्नुअघि प्रदेशसभा सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएमा उनीहरु ५जनामा कोरोना संक्रमण देखिएको हो ।

सम्बन्धित खवर