विश्वका ७३ देशका विज्ञको कोरोनाविरुद्ध नेपालको खोपमा चासो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वका ७३ देशका विज्ञको कोरोनाविरुद्ध नेपालको खोपमा चासो

काठमाडौं / विश्वका विभिन्न ७३ देशका विज्ञले कोरोनाविरुद्ध नेपालमा निर्माण भएको औषधि तथा प्रयोगशालाका सम्बन्धमा चासो दिएका छन् ।

मकवानपुरको हेटौरा स्थित त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा निर्माण भएको औषधिका विषयमा ७३ देशका विज्ञले चासो दिएका हुन् ।

संस्थानका प्रा. डा. ललितकुमार दासले विश्व स्वास्थ्य संगठन (WHO)को पहलमा बिहीबार जेनेभास्थित डब्ल्युएचओको कार्यालयले भिडियो कन्फरेन्समार्फत विभिन्न ७३ देशका विज्ञसँग नेपालमा बनेको भनिएको औषधिका विषयमा छलफल गरेकोे जानकारी दिए ।

कन्फरेन्समा प्रा. डा. दासले एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सनका विषयमा जानकारी दिए । उनले औषधि बनाउन प्रयोग हुने वनस्पति तथा जडिबुटीका विषयमा आफूले गरेको अध्ययन विज्ञलाई जानकारी गराए ।

नेपालमा औषधिको परीक्षण भएपछि मात्र डब्ल्युएचओले प्रभावकारिता मूल्याङ्कनका लागि नेपाललाई परियोजना स्वीकृत गरेर ५ लाख डलरको ट्रायल फण्ड दिनसक्ने संकेत गरेको दासले जानकारी दिए ।

सम्बन्धित खवर