गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ जना थपिए - Mangsebung News
  • बिहिबार, चैत ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गण्डकी प्रदेशमा कोरोना संक्रमित १७ जना थपिए

काठमाडौं  /कोरोना भाइरसका संक्रमित पोखरामा १७ जना थपिएका छन् । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा भएको परीक्षणमा स्याङजा, बागलुङ, कास्की र नवलपुरका १७ जना नयाँ थपिएकाहरु हुन् ।

उनीहरु मध्ये कास्कीका ३ जना, स्याङजाका १० जना र बागलुङमा १ रहेका छन् ।

कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ बर्षिय पुरुषमा र पोखरा महानगरपालिकाका ५९ बर्षिय पुरुषहरु रहेका छन् । त्यस्तै स्याङजाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ बर्षिय पुरुषहरु पनि संक्रमित भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

बागलुङको ताराखोला गाउँपालिकाका ३९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल चितवनमा परीक्षण गरिएको स्वाबमा नवलपरासीको बिनय त्रिबेणी गाउँपालिकाका १८, १९ र २७ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

नयाँ संक्रमितलाई जिल्लामा रहेको अस्पतालमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

सम्बन्धित खवर