थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १३ पुग्यो - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १३ पुग्यो


काठमाडौं / कोरोना भाइरस (कोभिड(१९) को संक्रमणका कारण शनिबार थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कैलालीका ५५ वर्षीय एक महिला र डोल्पाका ५८ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पा जगदुल्ला गाँउपालिका–३, का ५८ वर्षीय पुरुषको २० गते निधन भएको थियो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

सम्बन्धित खवर