गायिका सीता सिंघकको ‘मेरो विश्वास माथि’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायिका सीता सिंघकको ‘मेरो विश्वास माथि’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ / लिम्बु भाषाको गीत संगीतमा ख्याती कमाउन सफल सुमधुर आवाजका धनि सुन्दरी गायीका सीता सिंघक लिम्बुको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘मेरो विश्वास माथि’को लिरिकल भिडियो संगै सार्वजकि गरिएको छ ।

गीतकार तुलसी बस्नेतको मनछुने शव्दभावहरुमा संगीतकार आदेश गुमार्छन मगरको संगीतमा सजिएको गीतको लिरिकल भिडियोलाई राम लिम्बुले आकर्षक ढंगले तयार पारेका छन् ।

उक्त गीतको अडियो निर्माण केशव लिम्बुले गरेका हुन् । लिम्बु गीत संगीतमा थुप्रै लोकप्रिय गीतहरु पस्किसकेका गायीका सीताको यो गीतबाट नेपाली सुगम संगीत पनि उत्कृष्ट आगमनको धेरै दर्शक स्रोतहरुले प्रशंसा गरेका छन् ।

लिरिकल भिडियो गायीका सीता सिंघक लिम्बुकै अफिसियल युट्यूव च्यानल फेदापहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर