जनता समाजवादी पाटी निर्वाचन कार्यलयमा दर्ता : ठाकुर र यादव केन्दीय अध्यक्ष - Mangsebung News
  • आइतबार, मङि्सर १७, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनता समाजवादी पाटी निर्वाचन कार्यलयमा दर्ता : ठाकुर र यादव केन्दीय अध्यक्ष

काठमाडौं / जनता समाजवादी पाटी (जसपा) ले निर्वाचन कार्यलयमा आइतबार दल दर्ताको लागि निवेदन दिएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले महन्थ ठाकुर र उपेन्द्र यादव दुई जनालाई केन्द्रीय अध्यक्ष रहनेगरी नेतृत्वको टुंगो लगाएको छ । त्यस पछि लगतै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एक आपसमा एकिकरण हुने सम्झौता गरेअनुसार आयोगमा दल दर्ताको निवेदन दिइएको नेता केशव झाले जानकारी दिएका छन् ।

केन्द्रीय कार्यसमिती अध्यक्षद्वय ठाकुर पहिलो र यादव दोस्रो वरियतामा रहेका छन् । यस्तैगरी वरिष्ठ नेताहरु अशोक राई, डा. बाबुराम भट्ठराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौ वरियतामा छन् ।

सरकारले दल विभाजन सम्बन्धी विधेयक ल्याए लगतै गत वैशाख १० गते मध्यरातमा दुई पाटीले एकीकरणको लागि सहमति गरेका थिए ।

सहमती गरेपछि लगत्तै दुई पाटीले निर्वाचन आयोगलाई औपचारिक जानकारी गराएका थिए । निर्वाचन आयोगलाई गराएको ४५ दिन भित्र समितीको नामावली बुझाउनु पर्ने हुन्छ, तर नेतृत्वको भागबण्डा नमिल्दा निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनको अवधि गुज्रेपछिमात्र जसपा निर्वाचन आयोगमा दल दर्ताको निवेदन लिएर पुगेको हो ।

जसपाको केन्द्रीय समितिमा हाललाई ५१ जना रहेका छन् । राजपाबाट २६ र सपाबाट २५ जना रहेका छन्।

 

सम्बन्धित खवर