कोरोना संक्रमित संख्या ४ हजार नाघ्यो, ३ सय २३ जना संक्रमित थपिए - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित संख्या ४ हजार नाघ्यो, ३ सय २३ जना संक्रमित थपिए

काठमाडौं / नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या ४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार ३ सय २३ जना थपिएको जानकारी दिए । यससंगै नेपालमा कोरोना संक्रमित संख्या ४ हजार ८५ पुगेको जानकारी दिए ।

उनका अनुसार नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ भने ५ सय ८४ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर