थप २७९ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४३६४ पुग्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप २७९ मा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४३६४ पुग्यो

काठमाण्डौं / नेपालमा थप २ सय ७९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमल पछिल्लो २४ घन्टामा २ सय ७९ जना संक्रमित भएकोे जानकारी दिएका हुन् ।

संक्रमित हुनेमा सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।

त्यसैगरी मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।

संक्रमित हुनेहरुमा २ सय ५७ जना पुरुष र २२ जना महिलाहरु रहेका छन् । नेपालमा हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ सय ७४ पुगेको छ भने १५ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर