नेपालमा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो - Mangsebung News
  • आइतबार, जेठ ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो

काठमाडौ / नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार शुक्रबार विभिन्न जिल्लामा ४ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया देशभरबाट ५ हजार ६२ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमितहरुमध्ये ८ सय ७७ जना उपचारपछि घर फर्किएका छन् भने १६ को मृत्यु भएको छ ।

सम्बन्धित खवर