इलाममा थप १ जनामा कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप १ जनामा कोरोना संक्रमण पुष्टि


इलाम / इलाममा थप १ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ईलामका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै इलाममा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या २ पुगेको छ ।

संक्रमित हुनेमा करफोक क्वारेन्टाइनमा रहेको सूर्योदय नगरपालिकाका १८ बर्षिय युवा रहेका छन् । उनी गत जेठ २० गते सिलिगुडीबाट इलाम आएका थिए ।

उनलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइसकिएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

यसअघि जेठ २७ गते करफोक क्वारेन्टाइनमा नै रहेका २६ बर्षिय युवकमा कोरोनाको संक्रमण देखिएको थियो ।

हालसम्म देशभरी नै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ । यसैगरि निको हुनेको संख्या ८ सय ७७ पुगेको छ भने १६ जनाको मृत्यू भएको छ ।

सम्बन्धित खवर