कोरोना संक्रमित २ सय ७३ जना थपिए, संक्रमित संख्या ५ हजार ३ सय ३५ पुग्योे - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित २ सय ७३ जना थपिए, संक्रमित संख्या ५ हजार ३ सय ३५ पुग्योे

काठमाडौ / नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय ७३ जना कोरोना संक्रमण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार शनिबार विभिन्न जिल्लामा २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया देशभरबाट ५ हजार ३ सय ३५ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमितहरुमध्ये ९ सय १३ जना उपचारपछि घर फर्किएका छन् भने १८ को मृत्यु भएको छ ।

सम्बन्धित खवर