नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यू - Mangsebung News
  • शनिबार, साउन १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यू

काठमाण्डौं / नेपालमा थप २ जनाको कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।

शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै टेस्ट पोजेटिभ आएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ९ सय १३ पुगेको छ । पछिल्लो २४ घन्टामा ३६ जना डिस्चार्ज भएका हुन् ।

सम्बन्धित खवर