बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

काठमाडौं / बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर झुण्डीएको अवस्थामा उनको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेर चर्चा बटुलेका थिए ।

मेरा दिल नाम टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका सुशान्त पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए ।

सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए । ३३ बर्षीय राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए ।

सम्बन्धित खवर