कोरोना संक्रमित ४ सय २५ जना थपिए, संक्रमित संख्या ५ हजार ७ सय ६० पुग्योे - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ४ सय २५ जना थपिए, संक्रमित संख्या ५ हजार ७ सय ६० पुग्योे


काठमाडौ / नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ४ सय २५ जना कोरोना संक्रमण थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार शनिबार विभिन्न जिल्लामा ४ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया देशभरबाट ५ हजार ७ सय ६० पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमितहरुमध्ये ९ सय ७४ जना उपचारपछि घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर