आजबाट दुई पांग्रे सवारीमा पनि जोर बिजोर प्रणाली लागु - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आजबाट दुई पांग्रे सवारीमा पनि जोर बिजोर प्रणाली लागु

काठमाडौं / आजबाट मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुने भएको छ ।

लकडाउनको अवधि लम्बिदै जादा र आम मानिसलाई सहजताको लागि सरकारले दुई पांग्रे सवारी साइकल, मोटरसाइकल र स्कुटरलाई पनि जोर बिजोर प्रणालीमा चलाउन दिने निर्णय गरेको हो ।

उक्त सवारीमा चालक मात्र रहने गरी चलाउन दिने भनिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकालले भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर–विजोर प्रणाली लागू हुन्छ ।’

यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर–विजोर प्रणाली लागू गरेको थियो ।

सम्बन्धित खवर