कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १ सय ७७ पुग्यो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १ सय ७७ पुग्यो

दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १ सय ७७ पुगेको छ ।

हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ८ सय ५३ जना पुगेको छ । जुन अन्य देशको तुलनामा अत्याधिक धेरै हो ।

त्यस्तै स्पेनमा २७ हजार १ सय ३६, बेलायतमा ४१ हजार ६ सय ९८, इटलीमा ३४ हजार ३ सय ४५, फ्रान्समा २९ हजार ४ सय ७ र ब्राजिलमा ४३ हजार ३ सय ८९, मेक्सिकोमा १६ हजार ८ सय ७२ जनाको मृत्यु भएको वल्र्टो्मिटरले अपडेट गरेको छ ।

संक्रमितको संख्या बढेर ७९ लाख ८४ हजार ४ सय ३२ पुगेको छ । संक्रमितमध्ये ४१ लाख ४ हजार ३ सय ७३ जना उपचारपछि निको भएर फर्किएका छन् ।

संक्रमित मध्ये ५४ हजार १ सय २२ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित खवर