पत्रकार मञ्च दमकद्धारा पत्रकारहरुलाई एन ९५ र सर्जिकल मास्क वितरण - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पत्रकार मञ्च दमकद्धारा पत्रकारहरुलाई एन ९५ र सर्जिकल मास्क वितरण

दमक / दमक आसपासका क्षेत्रलाई आधार मानेर पत्रकारीता गर्ने श्रमजीवि पत्रकारहरुलाई पत्रकार मञ्च दमकले मास्क वितरण गरेको छ ।

कारोना भाइरसको संक्रमण नेपालमा पनि दिनानु दिन फैलिदै गईरहेको अवस्थालाई ध्यानमा राख्दै पत्रकारहरुको सुरक्षाको लागि एन ९५ मास्क एक थान र सर्जिकल मास्क दूई थानका दरले वितरण गीरएको मञ्चका अध्यक्ष मनकुमार गदालले बताए ।

यस्तो महामारीको अवस्थामा पनि सत्य, तथ्य समाचार सम्प्रेषणका लागि जोखिम मोलेर समाचार संकलनमा जानु पर्ने भएकोले मास्क वितरण गरिएको अध्यक्ष गदालले बताए । उनका अनुसार मास्क ग्रहण गर्न उपस्थित नभएका दमकका अन्य पत्रकारलाई समेत मास्क उपलब्ध गराईने छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्दु भन्डारी र प्रधानमन्त्रीका पुर्व प्रेस संयोजक चेतन अधिकारीले एन ९५ मास्क ५०/५० थानका दर सौजन्य गरेका हुन ।

त्यस्तै शुभ लक्ष्मी बिजुली भण्डारका सञ्चालक दया सागर आचार्य र सम्बन्ध निमार्ण सेवाका सञ्चालक सुमन काफ्लेले १०० थानका दर सर्जिकल मास्क सौजन्य गरेका छन् ।

सम्बन्धित खवर