कोरोना संक्रमित ४ सय ५१ जना थपिए - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमित ४ सय ५१ जना थपिए

काठमाडौ / नेपालमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप ४ सय ५१ जना कोरोना संक्रमण थपिएका छन् ।

जुन पछिल्लो २४ घन्टामा थपिएको संक्रमित संख्या ४ सय ५१ जनाको संख्या अहिलेसम्मकै सबै भन्दा धेरै रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार शनिबार विभिन्न जिल्लामा ४ सय ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको सख्ंया देशभरबाट ६ हजार २ सय ११ पुगेको छ ।

अहिलेसम्म कोरोना संक्रमितहरुमध्ये १ हजार ४१ जना उपचारपछि घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर