प्रदेश १ सरकारद्धारा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट सार्वजनिक - Mangsebung News
  • बिहिबार, बैशाख २७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ सरकारद्धारा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट सार्वजनिक

बिराटनगर / प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सभा भवन विराटनगरमा उक्त रकम बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ । अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने उल्लेख गरेको छ ।

त्यसैगरी स्रोतबाट नपुगेको रकम ५ अर्व रकम नेपाल सरकार सँग ऋण लिने बटेजमा प्रस्तुत गरे ।

सम्बन्धित खवर