जनअदालतको कठघरामा ओली सरकार  - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनअदालतको कठघरामा ओली सरकार 


अबको लडाँईं सत्तासंग शासकहरु विरुद्धको विद्रोह र क्रान्ति हुनुपर्छ । यो देशमा पुनः जनयुद्व क्रान्ति कहिल्यै दोहोरिन्दैनन् भन्ने नवसामन्तीवाद उन्मुख माओवादी र एमाले ईतरका शासके नेताहरुलाई सवक सिकाउँन ढिला भई सकेको छ । माओवादीको जनयुद्ध पनि के भन्ने र..? उहीँ गणतन्त्रमा सत्तासंघर्ष प्राप्तिको निमित्त मात्र १७ हजार निहत्था नागरिकजनको बध गरेको प्रमाणित गरि दिए । जो सत्ताभोगका रक्त पिपासु अघोरी कसाही बन्न पुगे । जसलाई काँग्रेस, एमालेको बैकल्पिक शक्तिको रूपमा दर्ज गरियो । जो आमूल परिवर्तनको खातीर क्रान्तिकारी विद्रोहताको लडाइँ गरेर सत्तामा पुग्यो । अन्ततः सत्ताभोगकै मोहमा एमालेसंगै सती गयो । आफ्नो माओवादीको राजनीति पहिचानको अस्तित्व सदा–सदाको लागि एमालेसंग सौदाबाजीमा लिलाम गर्यो । जवकी ऊ काँग्रेस, एमालेकै कित्तामा उभिन गएसी नेपाली राजनीतिमा उसको उपदेयता सकियो । जसको अहिले राजनीति अस्तित्वमा न माओवादी न त दर्शन नै छ । एमालेको कित्तामा उभिएर अहिले उनेरुँ पार्टीको माओवादी होईन, केवल आफ्नो अस्तित्वको मात्र बचाउमा ज्यान र मत जोहो गर्न, ओत लाग्न गएका हुन् । एमालेले ओत लाग्ने संरक्षणता दिएसी आफू बाँच्न प्रचण्डले पार्टी परित्याग (विलय) गरी माओवादी अस्तित्व नामेट पारी दिए ।

खैर ओली सरकार विरुद्धको युवापुस्ताहरुले परिचालन गरेको यो आन्दोलनप्रति,देशभरका युवाहरुले ऐक्यबद्धता सहित पुर्ण साथ समर्थन गर्न जरुरी भई सकेको छ । परन्तुः यो आन्दोलनको मुल मार्गदर्शन शासकहरु विरुद्धको सत्ताच्युत गर्ने नै हुनुपर्छ । सत्ता खोसेर देश चलाउँने जिम्मा अबको यिनै युवास्ताहरुले लिन सक्ने साहस र आँट बटुल्नु पर्छ नै । तथापी यो गान्धीवादी आन्दोलनले भने अधिनायकवादी यो सरकारले टेर पुच्छर लगाउँने छैन । आन्दोलनमा यी देखिन्दै आएको र भोग्दै गरेका परिदृश्यहरु त केवल उसको त्रासदीपुर्ण काष्टिङको सिम्बोलिक रुप मात्र हो । अतः प्रहरी प्रशासनवलले देखाएको तुजुकताले सरकारको नियत के हो भन्ने बुझाई सक्यो । कि जसरी भएपनि दमनकारी वल प्रयोग गर्ने । सुरक्षाकर्मीहरुद्वारा जे जसरी हुन्छ । पुर्ण रूपमा आन्दोलनको हस्तक्षेप गरि आन्दोलनरत युवा शक्तिलाई भड्काउँने र तर्साउँने अख्तियारमा सरकार लागेको छ । आन्दोलनको रापताप अनपेक्षित रुपले नेपालभरी उर्लिन थाल्यो भने उसले नेपाली सेनालाई परिचालन गर्न बाध्य हुनेछ । त्यो बेला उसले सडक आन्दोलनका निषेधित क्षेत्रहरु तोक लगाउँने छ । कर्यु आदेश गर्न सक्नेछ । आन्दोलन नियन्त्रण गर्न नसके गोली चलाउँने आदेश दिनलाई उसले लोकतन्त्रको कुनै बारन गर्नु परेको छैन । सत्ता टिकाउँन र आफू सत्ताच्युत हुनबाट बाँच्न यी सत्ताभोगी शासकहरुले यतिको क्रुरता कार्यशैली अपनाउँछन् नै । यो उनेरुँको हकमा नीतिशतक जस्तै अपरिहार्यता हो ।

 आन्दोलनको स्वरुप र सन्देशः–
अवको यो आन्दोलनले तेस्रो जनआन्दोलनको रूपधारण गर्नुपर्छ । जसले यी राष्ट्रघाती, देशद्रोही शासकहरु विरुद्ध लड्न सकोस् । ताकी उनेरुँलाई सदाको लागि सत्ताच्युत गरि यी नयाँ युवापुस्ताहरुले देश चलाउँने जिम्मेवारी बहन गर्नु प¥यो । आन्दोलनले जनयुद्ध क्रान्तिकै विगुल किन नफुकोस् । आखिर तेश्रो जनआन्दोलन होस् कि, चाहे दोश्रो जनयुद्ध क्रान्ति नै किन नहोस् । यो देशमा पुनः सत्तापलट गर्नुको कुनै विकल्पै छैन । जवकी काँग्रेस, एमाले र यहीँ एमालेसंग सती गएको हिजोको विद्रोही माओवादीहरुको नेपाली राजनीतिमा अब सदाको निम्ति उपदेयता मादाङ भो ।

तीन दशक लामो यिनै काँग्रेस, एमालेहरुले देश चलाए । यो बीचमा शासकीय स्वरुप र बोर्डसंगै ब्याबस्था नै पुरै अदलबदल हुदाँ नि दुर्भाग्य शासकहरु भने तिनै बासी अनुहारहरु रहि रहे । शासकीय स्वरुप र बोर्डहरु यत्रतत्र बदलिए, परन्तु यी शासकहरुको पुरातनवादी कार्यशैली र दरिद्र मानसिकता भने बदलिएनन् । देश र जनताको हकमा समबेदना एकरत्ति पनि बाँड्न चाहेनन् । खाली सत्ताको उपयोग गर्ने र आफ्नो मात्र शासकीय जीवनशैली बदली रहे । दुर्भाग्य देश र जनताको जीवनशैली भने एकरत्ति बदलिएन । देशमा केही बाटोघाटो, पुलपलेसा र विजुली, पानीको अभावहरुलाई मेन्जो परिपुर्ति गर्नेसम्म गर्यो भन्ने हो । नत्र देश र जनताको स्तरोन्नतीमा केही अपेक्षा गरे मुताबिक केही नि उपलब्धि देखिन्दैन्न । ती समस्याहरु वहीँ ज्युँका त्युँ छन् । भने जनताप्रति उल्टै अहंकारको शासन मात्र लाद्ने मात्र काम गर्यो ।

यथार्थमा भन्नुपर्दा जनताले लोकतान्त्रिक गणतन्त्रको उपभोग गर्ने अवसर प्राप्त गर्न सकिरा छैनन् । जनताले सामन्यतया पाउँन सक्ने उनेरुँको मौलिक हक, अधिकार र रोजीरोटीबाट सदा वञ्चित गरियो । यो देश हिजो पनि उहीँ केही सामन्तीबर्ग सोंच पालेका मुठ्ठीभरका त्यहीँ शासके नेताहरुलाई मात्र स्वर्ग थियो । आज तिनै मुठ्ठीभरका सामन्ती शासकहरुबाट, शासनसत्ता हत्याएर अहिले फेरि यिनै काँग्रेस, कम्युनिष्टहरु वहीँ मुठ्ठीभरका पुँजीवादी सामन्तीबर्गको शासकहरु बन्न ज्यादै उद्वत देखिएका छन् । फलतः जेवी. टुहेरेले गाएको त्यो जनवादी गीत लाखौंको लागी उजाड छ यो देश, मुठ्ठी भरलाई त स्वर्ग छ । हिजो यी बाम कम्युनिष्टेहरुले यहीँ गीतहरु मार्फत जनसांस्कृतिक चेतनाको अभियान गरेर पञ्चायती शासन विरुद्ध लढेका थिए । आज यहीं गीतको सारभित्र लोकतान्त्रिक गणतन्त्र राज्यको धज्जी उडाईन्दै, उनेरुँ सिर्फ अहिले ठ्याक्कै मुठ्ठीभरकै अधिनायकवादी शासकहरु बन्न पुगेका छन् । त्यो अति फाँसिष्टवादी चरीत्र निर्माणमा यो ओली सरकार निर्लुप्त उभिन पुगेको छ । अतः महामारी रोग कोरोना कहरको संकटले देश र जनता ईन्तु न चिन्तु बनी रहेको यो अक्रान्त बेला, यो सरकार भने देश लुट्नमा जोड्वल लागिरा छ । जहाँ कि भ्रष्टाचार र घोटला नभएको कुनै पनि कामकाजी विभागहरु रत्तिभर अछुतो नै छैनन् । देशको ढुकुटीको क्रप्सन नगरिएको नभएको एउटा पनि विशुद्ध निष्कलंक विभागीय मन्त्रालयहरु छैनन् । जसले घोटला नगरेको होस् । घोटला काण्डमा नमुछिएका (अपवाद बाहेक) मन्त्रीहरु कोही सफेद नहोलान् सायद । ओली सरकारको मन्त्री क्याविनेटमा भ्रष्टाचारी ट्यागको पगरी नगुथ्ने मन्त्रीहरु विरलै पाईएला कठै..!

ओली सरकार आफै घोटला गर्ने मन्त्रीहरूको बचाउमा सफाई पेश गर्न उनेरुँको प्रवक्ता बन्न पुग्छन् । त्यसबेला ऊनी आफै अख्तियार प्रमुख हुन्छन् । महालेखा प्रमुख देखि न्यायाधीश प्रमुख भए जस्तो नि गर्छन् । भने महामहिम राष्ट्रपतिको खाँटी प्रवक्ता बने जस्तो पनि ऊनी आफै त्यस्तो हैसियत राख्न पुग्छन् । र बढो गर्वका साथ भ्रष्टचारी आफ्नो मन्त्रीहरुलाई काँध हालेर स्याबासीको सफाई दिन हाजीर हुन्छन् । यो उनको कार्यशैलीको हर्कत देख्दा बढो उदेकलाग्दो विडम्बना र अचम्मलाग्दो छ । के एउटा देश चलाई रहेको कार्यकारी प्रमुखको हैसियत यति तल गिरेको र घटिया पनि हुन्छन् र..? स्मरण गराएँकी भारतमा स्व.अटल विहारी बाचपेयी भाजपा.गठबन्धन मोर्चाका प्रधानमन्त्री (सन.२००७ र ८ )बनेका थिए । त्यसताका उनको क्याविनेटका एकमन्त्रीले घोटला गरेको विषय बाहिर चुहिया । विवादमा तानिएसंगै ती मन्त्रीले नैतिकरुपले तत्कालै आफ्नो पदबाट राजीनामा दिए । तथापी राजीनामा उनले मात्र होईन, स्वंय मन्त्री परिषद क्याविनेटका प्रमुख कार्यकारी नेतृत्व सम्हालेका प्रधानमन्त्री बाचपेयीले पनि पदबाट राजीनामा चढाए । उसबेला विपक्षी बेञ्चमा रहेको शक्तिशाली पाटी काँग्रेस आईले बाचपेयीको राजीनामा फिर्ता गराउँन लोकसभामा पुरै दवाव पेश गर्नु परेको थियो । जसको चर्को दवावको कारण बाचपेयीले आफ्नो राजीनामा फिर्ता लिन बाध्य हुनु परेको थियो । विश्व राजनीति ईतिहासमा देखिने यो ज्यादै विरलै घट्नाक्रम थियो । जो सदनको विपक्षी प्रतिद्वन्दी पार्टीले भ्रष्टचारको नैतिक जिम्मेवारी लिएका प्रधानमन्त्रीको राजीनामालाई स्वीकार गरेनन् । मात्र जो घोट्लामा मुछिएका मन्त्री थिए । उनैको राजीनामा मात्र स्वीकृत गरियो । जुन घोटला गरिएको आरोप मात्र थियो । जसको छानबिन गर्न सहजको लागि मन्त्रीले राजीनामा दिए । भने त्यसको जिम्मा लिंदै बाचपेयीले पनि राजीनामा दिएका हुन् ।

एउटा् आश्चर्यता कुरोचेन् के रहयो भने घोटला काण्डमा मुछिएका ती मन्त्री आफ्नै पाटीका (भाजपा) का पनि थिएनन् । ता पनि एउटै क्याविनेटको मेम्वर भएको हैसियतले प्रधानमन्त्री बाचपेयीले उक्त नैतिक ईमान्दारीता देखाएका थिए । यो भारतीय लोकतान्त्रिक गणतन्त्रको राजनिति ईतिहासकै सबैभन्दा चीर( स्मरणीय सौन्दर्यतात्मक राजनीति घट्नाक्रमको पोईन्टमार्क थियो । जसको कारण प्रधानमन्त्री बाचपेयीको लोकप्रियता भारतीय लोकमा मात्र होईन, विश्व राजनीति रंगमंचमै ह्वात्तै चुलियो । जो उनको कायाचोला ढलेको दिन (द्दण्ज्ञछ) उनका करोडौं आम शुभेच्छुकहरुको आँखा रसाएका थिए । स्तब्ध औं मर्महात बनेको परिदृश्यहरु उनको पार्थिव शरिरलाई शवयात्रा गर्दाताका देखिन्थे । के यी बाचपेयीको जस्तो नैतिक राजनीति ईमान्दारिता देखाउँने, नेपाली राजनीति ईतिहासमा कोही कसैले रेकर्ड ब्रेक गर्ने नेताहरु जन्मिए..? जन्मने र गर्नेको के कुरा रहयो नि कठै.! लौ छिमेकी भारतका समकक्षी प्रधानमन्त्री बनेका यी बाचपेयीसंगको तुलानात्मक विश्लेषण गरि हेर्नुस् त..? उनको लोकतान्त्रिक उदार राजनीति र नैतिक ईमान्दारीताको अगाडि,यी ओली सरकार यो देशको प्रधानमन्त्री भन्न लायक देखिन्छन् र..? कहिँ कतै कुनै एंगलबाट हेर्दा पनि देशको प्रधानमन्त्री बन्न र भन्न सुहाउँदो लाग्छन् र..? वहाँ भारतमा कुनैपनि मन्त्री लोकसामु आलोचित हुनेताक नै तत्कालै नैतिक रुपले आफ्नो पदबाट राजीनामा दिई सक्छन् । त्यो अर्को आश्चर्यलाग्ने कुरो के हो भने रेल यातायात संयोग दुर्भाग्य भनौं कहिँ कतै अन्याँसै दुर्घटनामा पर्यो भने रेलमन्त्री बनेका नेताले तत्कालै नैतिक जिम्मेवारी लिंदै पदबाट राजीनामा दिन्छन् ।
आन्तः जसका राजनीति ईमान्दारिताको अगाडि यी हामेरुँको देशका भ्रष्टमन्त्रीहरुको के तुलना गर्न मात्रै पनि अपराधबोध हुन्छ । हामेरुँका त प्रधानमन्त्री नै शून्य सहनशिलतामा भ्रष्टचार भन्ने स्लोगानको पिठ्युँ पछाडि छुरी धस्न लगाएर लोत देश लुट्न उद्वत देखिन्छन् । उनका मन्त्रीहरूलाई संस्थागत नीतिगत रुपले भ्रष्टाचार गर्न उक्साएको हो की भन्ने आशंकालाई थप मलजल पुर्याई रहेको देखिएको छ । भनुँ न कि यो ओली सरकार भ्रष्टचारमा नमुछिएको र आरोप नलागेको कुनै ठाउँ नै छैन । उनको यो सरकार पुरै भ्रष्टचारको दलदलमा फसेको छ । जो कहिल्यै नफुत्किने गरि फसी सकेको छ ।

यत्रो भ्रष्टचारी सरकारको रूपमा आम लोकबाट कटु आलोचना र चर्को विष्तृष्णाहरुको जनदवाब आन्दोलनहरु उर्लिन्दाताक पनि उनले नैतिक राजनीति ईमान्दारिता कदाचीत देखाउँने साहस र आँट देखाउँन सकेनन् । जसको कारण, आगामी दिनमा उनले राजनीति नैतिकता देखाएनन् भने उनको सत्ता बहिर्गमन काँग्रेसी देउवाको भन्दा ज्यादै क्रुरतादायी हुन सक्छ । ओली सरकारसामु यो फेस गर्ने चुनौंतीहरु प्रतिछायाँको रूपमा ऊनीसामु आईसकेका छन् । हो उनले आज (१, असार)मा सम्बोधन गरे जस्तो पुनः जनयुद्ध जस्तो आन्दोलनहरु बारबार अबको पुस्ताहरुले गरि रहनुपर्ने आवश्यकता रहन्दैंन भने । तर उनले यसो भन्दै गर्दा आज उनैले हाँकेको सरकारको विरुद्ध युवापुस्ताहरु सडकमा आन्दोलित भईरा छन् भन्ने हेक्का राख्दैछ्न् कि नाई..? उनको शासकीयभारले जनतामा विस्तृष्णा जाग्न थाल्यो । र उनैको विकल्प खोज्न अहिले,यी युवापुस्ताहरु सडकमा आन्दोलनरत छन् । यो आन्दोलनले उनको मात्र विकल्प खोजेको छैन । पुर्णरुपमा सत्तापलटमा लोकतान्त्रिक कार्यविधिको सिष्टम र पद्धति सहितको नयाँ कायापलट खोजेको छ । आन्दोलनप्रतिको उनको ध्यानाकर्षण हुनु भनेको कान बैरो र आँखा नभएको अन्धो भए जस्तो मुकदशक बन्नु पक्कै होईन । उनले जनअदालतको कठघरामा उभिएर आत्मा समिक्षा गर्नु पर्दैन..? आत्मालोचना र पश्चातापी ग्लानी खोई..? फिरः लोकसामु खोई त बाचपेयी बन्ने साहस र आँट बटुल्न सकेको..? अबको उनको दुईमात्र विकल्प छन् । पहिलो नैतिकरुपले सत्ताबाट बहिर्गमन हुने की..? दोश्रो कि सत्ताबाट जवर्जस्त गलहत्त्याएर निकाल्ने..? भन्ने मात्र रहनेछ । विकल्पका यी दुई अफसनहरु रोज्नु पर्ने दिनहरु उनकोसामु कठोर चुनौंतीको रुपमा नजिकिन्दै आईरहेछन् ।

सत्ताको कायाचोला र अवको विकल्प:
अतः अब यो आन्दोलनलाई प्रतिक्रियावादी र विदेशी चलखेलको उग्रवादी रुप हो भनेर यो कम्युनिष्टे थोत्रो डाईलग नमारौं के । देश लुट्यौ । बेच्यौ । १७ पुस्तासम्म पुग्ने अथाह सम्पती कमायौं । अब अझै कति जोड्ने हो..? तेमेरुँ शासके नेताहरुलाई थाहै होला कि मौरी आफैले निर्माण गरेको महको चाकामा भुली रहंदा त्यहीँ महमा टाँसिएर ज्यान गुमाउँन पुग्छ । भंमराको पनि दशा उहीँ हो । फुलको रसमा ओथारो बस्दा फुलबन्दीमा निसास्सिएर मर्न पुग्छ । मान्छे भित्रको मृगतृष्णाको उच्छाल आशक्तीले एकदिन न एकदिन आफुलाई बर्बाद पार्छ, पार्छ । सधैं सत्तालिप्सामा मोह राख्ने शासकहरुले यतिचेन् हेक्का राखौं । खाली सत्ताको खालमा आफ्नो राजनीति ईमान्दारिताको प्रतिष्ठा लिलाम मात्र गर्ने हो कि ईमानका साथ बचाउँने प्रयत्न पनि गर्ने हो..? एउटा कुशल राजनीति शासक हुनुको सट्टा खाली देश लुट्न मात्र सदा उद्वत रहने..? यस्तो भ्रष्ट मानसिकता बोकेर देशको राष्ट्रियता कसरी बाँच्न सक्छ…? यस्तो देशभक्त राष्टवादीको नकावधारी मोहोरा लगाएर जनता माँझ कहिलेसम्म कथित मिथ्या भ्रमहरु बाँडेर छरी रहन सकिन्छ के..?

भलैः कोरोनाको कहर भित्र ओली सरकारले आफ्नो थुप्रै कर्तुतहरु ढाकछोप गर्ने अवसर प्राप्त गरे । त्यस्ता कयैंन विरोधका आवाजहरु र आलोचनाका तिखो टीका(टिप्पणीहरुलाई किनारा लगाउँदै जान सके । यहीँबेला सिमा विवादले चर्को रुप लिएपछी उनको पार्टी भित्रको आन्तरिक द्वन्द्वले विश्राम पायो । काली नदी, लिम्पियाधुरा र लिपुलेकभुमी सहितको नयाँ नक्शा प्रकाशीत पछी उक्त नक्शालाई संविधान संशोधन मार्फत पनि गतदिन दुईतिहाई बहुतमतका साथ अनुमोदन गरे । उक्त भुमीहरु सन्धी सम्झौंताहरु मार्फत भारतलाई उहिल्यै(२०५३) लिलाम गरेको राष्ट्रघाती देशद्रोहीताको ट्याग गुथ्याईएको पगरीको दाग पखाल्ने प्रयत्नमा छन् । भलैः गुमेको उक्त भुमीलाई नक्शामा जोडदैमा निकै ठुलो सामरिक युद्व जीते जस्तो आत्मरतिमा रमाएको देख्न सकिन्छ । परन्तुः युद्व त तब जीतिन्छ, जतिखेर ती भुमीहरु आधिकारिक रूपमा फिर्ता गरिन्छन् । अहिले यो राष्ट्रिय मुद्वालाई ओली सरकारको सत्ताको आयुसंग पनि जोडिएको छ । छिमेकी भारतीय आफ्नो समकक्षी नरेन्द्र मोदी सरकारसंग पहिले नै कुटनीतिक पहल द्वारा संवाद गरि मिलान गरेको भए नक्शामा त्यो भुमीहरुको आकृती राखिएको भए, भोलि हुने चुनौंतीको सामना आफ्नो सत्तालाई दाउमा राख्नु पर्दैनथ्यो । के भन्ने र.? उनलाई पुनः हतासमा तत्कालै राष्ट्रवादीको पगरी गुथ्नु हतारो भई सकेको थियो । जसको परिणती आज उनको सत्ता जुवाको खालमा तेर्सिएको छ । यदी त्यो भुमी फिर्ता गर्न असफल भए । उनले नैतिक रुपले चुपचाप सताबाट बहिर्गमन हुनुको विकल्प नै छैन । जुवाको खालमा राखेको उनको सत्ता दाउले राष्ट्रवादी बनाउँछ कि, राष्ट्रघाती बनाउँछ । त्यो अग्नि परिक्षाको परिणाम केही समय कुर्न पर्ने भएको छ ।

भलैः यसताका ओली सरकार चौतर्फी घेराबन्दीमा निस्सानु परेको छ । के गर्छौ मंगले, आफ्नै ढंगले भने जस्तै उनको सत्ता सहबास गलपाशो बन्न पुगेको छ । कोरोनाको १० अर्व रुपैयाँँ राष्ट्रपतिको करोड रुपैयाँको कार्पेट मन्त्री निवास स्थलमा ८४ लाखको जीमखाना देखि लिएर पछिल्लो नेपाली सेनाले कोरोना विशेषः खरिद गरेको औषधि सामग्रीमा पनि देखिएको करोडौं घोटलाहरुको काण्डहरुलाई यो युवा आन्दोलनले सत्य तथ्य खोज्न चर्को रूपमा जनदवाव गर्दै आई रहेछ । फेरि अर्को घोटला अस्ति चीनबाट १७५ जना नेपाली विद्यार्थी उदार गरिएको हवाई खर्च नै १३ करोड खर्च देखाएसी त्यो पनि घोटलाको दायरा भित्र नजरबन्द भएको छ । यी यावत काण्डैकाण्डले उनलाई कज्याएको छ । उनले सवाल जवाफ त दिनु नै छ । तर त्यो मुखाले ओठे जवाफले थुतुनो जोत्ने दिनहरु उनको हकमा अबको दिनहरुमा सकियो । आखिर उनकै ओठे थुतुनो जोतेका कारण सिमा विवादमा छिमेकी संगी चिढिएका हुन् । एउटा् देशको प्रधानमन्त्रीले कुटनीतिक भाषा कसरी प्रयोग गर्ने भन्ने सम्म हेक्का र चिन्तन गर्दैनन् । एउटा कमेडीयन अभिनेता जस्तो प्यात्तर प्यात्तर थुतुनो चलाएर हुन्छ..? आफ्नो पदीय मर्यादा खोई..? जेपीटी हान्दैमा भारतीय समकक्षी भन्दा बहादुरी लडाकु होईने हो र..? यो उनैको थुतुनोले निम्त्याएको चर्कन्दो आन्तरिक द्वन्द्व हो । भनिन्छ मान्छे कि थुतुनोले कि, मुतुनोले बिग्रन्छ भन्थे , गाउँघरमा बुढापाकाहरु । देशको प्रधानमन्त्री जस्तो पर्शानालिटी बोकेको मान्छेको बोली वोईटिलो हुनु पर्दैन र..? खैर यसताक ऊनी आफ्नै बोलीको धारले,आफै रेटिन्दै गएका छन् । अन्ततः त्यहीँ बोलीको धारहरुले उनको बाँकी लम्बेत्तान सत्ताको आयु पनि निश्चित रूपमा काटिन्दैछ । जसको कारण यसबेला ऊनी चौतर्फी जनदवावमा युवापुस्ताहरुको आन्दोलनको आँधीबेहेरीको भुमरीमा छन् । जसै जनअदालतको कठघरामा उभिन बाध्य छन् ।

अपितुः यदी यो जनअदालतको कठघरामा उभिएर, स्वतस्फुर्त निस्किएको यो आम युवापुस्ताको आन्दोलनलाई फेरि पनि दमनकारी उपहांस गरिए, आफ्नो आन्दोलनको कार्यदिशा र स्वरुप बदल्नुपर्छ । यो गान्दीवादी शैलीको आन्दोलनले बुद्व र फाल्गुनन्दको मान मर्दन त राख्ला नै । परन्तुः जवाफमा क्रुर शासक जस्तो रवाफ देखाए र उनले यदी जसको विरुद्ध लाठी, बुट र पानीको फोहोरासंगै त्यो कठोरतामा सेनाको बुलेट चलाउँन लगाए । जसको जवाफदेहितामा आन्दोलनलाई उसकै जवाफी सिको पथमा डोर्याउँदैं लैजानुको कुनै विकल्पै रहने छैन । ताकी उनले कुनैदिन फ्ल्यास् ब्याकमा १९ दिने त्यो जनआन्दोलनलाई दरवारको आँखीझ्यालबाट कटाक्ष गरि बोलेका उदघारवाणी सम्झिउँन् । बयल गाडा चढेर अमेरिका पुग्न सकिन्न।झबस् ..!

सम्बन्धित खवर