नेपालमा अहिलेसम्मकै धेरै ५ सय ८६ जनामा कोरोना पुष्टि, ७ हजार १ सय ७७ पुग्यो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा अहिलेसम्मकै धेरै ५ सय ८६ जनामा कोरोना पुष्टि, ७ हजार १ सय ७७ पुग्यो

काठमाडौं / नेपालमा अहिलेसम्मकै सबै भन्दा धेरै ५ सय ८६ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि अहिलेसम्मकै सबै भन्दा धेरै ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

यसैगरि देशभर भेटिएका संक्रमितहरुमा महिलाको संख्या ५ सय ३९ रहेको छ भने पुरुषको संख्या ६ हजार ६ सय ३८ रहेको छ ।

कुल संक्रमितमध्ये पुरुष ६ हजार ६ सय ३८ र महिला ५ सय ३९ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार पछिल्लो पटक नेपालगन्जमा एकजनाको ज्यान गएको छ । यससँगै कोरोना भाइरसबाट मृतकको संख्या २० पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९ पुगेकोे छ । यो संगै हालसम्म निको भएर फर्किनेको संख्या १ हजार १ सय ६७ पुगेकोे छ ।

सम्बन्धित खवर