कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २ सय ३७ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २ सय ३७ पुग्यो

दमक / कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभरीबाट मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार २ सय ३७ पुगेको छ ।

हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ९ सय ४१ जना पुगेको छ । जुन अन्य देशको तुलनामा अत्याधिक धेरै हो ।

त्यस्तै स्पेनमा २७ हजार १ सय ३६, बेलायतमा ४२ हजार १ सय ५३, इटलीमा ३४ हजार ४ सय ४८, फ्रान्समा २९ हजार ५ सय ७५ र ब्राजिलमा ४६ हजार ६ सय ४६ जनाको मृत्यु भएको वल्र्टो्मिटरले अपडेट गरेको छ ।

छिमेकी मुलुक भारतमा १२ हजार २ सय ६२, मेक्सिकोमा १९ हजार ८० जनाको ज्यान गएको छ ।

संक्रमितको संख्या बढेर ८३ लाख ९८ हजार ६ सय ८३ पुगेको छ । संक्रमितमध्ये ४४ लाख १४ हजार ७ सय जना उपचारपछि निको भएर फर्किएका छन् ।

संक्रमित मध्ये ५४ हजार ४ सय ५२ जनाको अवस्था गम्भीर रहेको छ ।

सम्बन्धित खवर