नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो

काठमाडौं / नेपालमा अहिलेसम्मकै सबै भन्दा धेरै ६ सय ७१ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ६ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थप ६ सय ७१ जनामा कोरोना देखिएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा १९ जना उपचापछि घर फर्किएका छन् । अहिलेसम्म देशभर १ हजार १ सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर