माङगेन्ना र माङसेबुङ सहकारीद्धारा माङसेबुङमा वृक्षारोपण (फोटो फिचर सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङगेन्ना र माङसेबुङ सहकारीद्धारा माङसेबुङमा वृक्षारोपण (फोटो फिचर सहित)

माङसेबुङ / किरात धार्मिक पर्यटकीय तिर्थस्थल इलामको माङसेबुङलाई स्वच्छ, हरियाली र समृद्ध बनाउन वृक्षारोपण गरिएको छ ।

बिहिबार किरात धार्मिक संस्था किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति र माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयोजन तथा कृषि ज्ञान केन्द्र इलामको आर्थिक सहयोगमा एभोकाडो र कफीका विरुवाहरु रोपिएको हो ।

कृषि ज्ञान केन्द्र इलाम र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिको संयुक्त लगानीमा एभोकाडो विरुवा ५ सय १० बोट रोपिएको अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले बताए ।

यसरीनै कृषि ज्ञान केन्द्र इलाम र माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त लगानीमा कफी विस्तार कार्यक्रम अन्तर्गत यस वर्ष १ हजार २ सय बोट कफीको विरुवा रोपेको सहकारीका व्यवस्थापक चनबहादुर सेर्माले बताए ।

वृक्षारोपण कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्रविक्रम खजुम, माङसेबुङ गाउँपालिका कार्यपालिका सदस्यद्धय तिलरुपा सबेन्हाङ र पूर्ण कार्कीढोलीको उपस्थित रहेको थियो ।

इलामको माङसेबुङ गाउँपालिका वडा नंं. ५, माङसेबुङ स्थित किरात हाङसाम मुजोत्लुङ माङहिम परिसरमा सम्पन्न वृक्षारोपण कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीहरु दुधबहादुर लाओती, मनोज सिवाकोटी, महेश सेर्मा, धिरेन्द्र आङदेम्बे लगायत सहभागि रहेका थिए ।

यसैगरि वृक्षारोपण कार्यक्रम अन्तर्गत एभोकाडो विरुवा रोप्नका लागि ३ लाख ५० हजार ४ सय रुपैंयाँ र कफी विस्तार कार्यक्रमका लागि २ लाख ५० हजार ५ सय रुपैंयाँ गरी जम्मा ६ लाख ९ सय रुपैंयाँ दुई वटा संस्थालाई कृषि ज्ञान केन्द्र इलामबाट आर्थिक अनुदान दिइएको केन्द्रका सूचना अधिकृत गणेशकुमार राईले बताए ।

यसरी कफी विस्तार कार्यक्रमका लागि प्राप्त अनुदान रकम २ लाख ५० हजार ५ सय रुपैंयाँमा सहकारी संस्थाले ८३ हजार ५ सय रुपैंयाँ थपेर खाडल खन्ने मेसिन, सिकेचर मेसिन, ब्रस कटर मेसिन, सिँचाई पोखरी निर्माण, सिचाईका लागि पाईप लगायतका सामग्री खरिद तथा निर्माण समेत गरिसक्नु पर्ने व्यवस्थापक सेर्माको भनाई छ ।

त्यसैगरी एभोकाडो विरुवाका लागि कृषि ज्ञान केन्द्र इलामबाट पाएको अनुदान रकम रु ३ लाख ५० हजार ४ सय रुपैंयाँमा माङगेन्ना समितिले १ लाख १६ हजार ८ सय रुपैंयाँ थपेर मिनि टिलर, खाडल खन्ने मेसिन, ब्रस कटर मेसिन, चार्चर स्पेयर, सिचाई पाइप, प्लाष्टिक पोखरी खरिद तथा निर्माण समेत गर्नु पर्ने समितिले जनाएको छ ।

सम्बन्धित खवर