काठमाडौं / उपाधीका लागि दर्शकविहीन रंगशाला स्टाडियो ओलम्पिकोमा भएको पेनाल्टी सुटआउटमा युभेन्टसलाई पराजित गर्दैै नेपोलीले कोपा इटालियाको उपाधि चुमेकोे छ ।
बुधबार राति भएको खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा खेल सकिएपछि खेलको निर्णयको लागि भएको पेनाल्टी सुटआउटमा युभेन्ट्सलाई ४–२ ले पराजित गर्दै नेपोलीले उपाधि चुमेको हो ।
योसँगै नेपोलीले हालसम्म छैठौ पटक कोपा इटालीको उपाधि जितेको छ । युभेन्टसले यस अघि १३औं पटक उपाधि जितेको छ ।
पेनाल्टी सुटआउटमा युभेन्टसका लागि पाउलो डिबाला र डानिलोले पेनाल्टी मिस गरेरेपछि १४औं पटक उपाधि चुम्नबाट चुकेका थिए ।
निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा खेल सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।