कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २२ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोरोनाबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं / नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

बिहिबार स्वास्थ्य मन्त्रालयका अनुसार थप २ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेहरुमा कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ की ४३ वर्षीया महिला रहेका छन् ।

दुबै जनाको उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सम्बन्धित खवर