भ्यालेन्सियामाथी रियल मड्रिडको फराकिलो जीत - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भ्यालेन्सियामाथी रियल मड्रिडको फराकिलो जीत

एजेन्सी / स्पेनिस ला लिगामा भ्यालेन्सियामाथी रियल मड्रिडले फराकिलो जीत निकालेकोे छ ।

बिहिबार राति घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै रियलले फराकिलो जीत निकालेको हो ।

रियलको जीतमा करिम बेन्जेमाले दुई र मार्को एसेन्सियोले १ गोल गरेका थिए । दोस्रो हाफको ६१औं मिनेटमा रियलले करीम बेन्जेमाको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

त्यसपछि खेलको ७४औं मिनेटमा रियलका लागि मार्को एसेन्सियोले दोस्रो गोल गरेका थिए । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका हुन ।

खेलको ८७ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई फराकिलो जीत दिलाएका हुन् । ।

यो जीतसँगै रियल मड्रिड ६२ अंक सहित लिग तालीकाको दोस्रो स्थानमा यथावत रहेको छ । बार्सिलोना ६४ अंक सहित शीर्ष स्थान रहेको छ ।

सम्बन्धित खवर