थप ४ सय २६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार नाघ्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ४ सय २६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौं / नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमा ३ सय ३८ जना पुरुष र ८८ जना महिला रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विराटनगरमा भएको परीक्षणमा ३ जना, जनकपुरमा भएको परीक्षणमा १५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा टेकुमा २ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै हेटौंडामा भएको परीक्षणमा ६ जना, शिक्षण अस्पतालमा भएको परीक्षणमा ५ जनामा, पोखरामा भएको परीक्षणमा १ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला कास्कीमा भएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ ।

यसैगरि प्रादेशिक क्षयरोग केन्द्र पोखरामा भएको परीक्षण्मा ७ जना, रुपन्देहीमा भएको परीक्षणमा १ सय ७ जना र सेती अस्पतालमा भएको परीक्षणमा २४ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट २ सय १६जना उपचापछि घर फर्किएका छन् । अहिलेसम्म देशभर १ हजार ४ सय ०२ जना उपचारपछि घर फर्किएका छन् । यसैगरि मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

सम्बन्धित खवर