इसाकको निर्देशनमा ’तेलागेन लासो’ सार्वजनिक - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इसाकको निर्देशनमा ’तेलागेन लासो’ सार्वजनिक

माङसेबुङ / लोकप्रिय युवा निर्देशक इसाक जबेगुको निर्देशनमा लिम्बू संस्कार संस्कृतिमा आधारित ’तेल्लागेन लासो’ बोलको लोकप्रिय पालाम गीतको म्यूजिक भिडियो युट्यूव मार्फत सार्वजनिक भएको छ ।

ख्यातिप्राप्त गीतकार, संगीतकार तथा गायक यादन सेर्मा नुनामको आवाजमा सजिएको मनै छुने पालामको शब्दसृजना भने याम बहादुर सेर्माले गरेका छन् । गायक यादन सेर्माकै संगीत रहेको भिडियो इसाक जबेगुको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियोमा जीवन वायुङ, बिक्रम योङहाङ, सागर केरुङ, लक्ष्मी योङहाङ, बिकिन काम्बाङ, प्रवेश लिम्बू, सन्धाय पन्धाक, केन्जल योङहाङ र बिमला खजुमले अभिनय गरेका छन् ।

पान्थरको रमणिय ठाउँहरुमा छाँयाङकन गरिएको लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाचलाई उतारिएको भिडियोलाई बिक्रम योङहाङले निर्माण गरेका छन् । इसाक जबेगुको छायाङकन तथा सम्पादन रहेको भिडियो निकैनै उत्कृष्ट बनेको छ ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=BvZf1XrvHhA

सम्बन्धित खवर