थप ३ सय ३१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ३ सय ३१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

काठमाडौं / नेपालमा थप ३ सय ३१ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय ३१ जनासहित देशभर संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको जानकारी दिए ।

अहिलेसम्म संक्रमितमध्ये १ हजार ५ सय ७८ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर