लकडाउन खुकुलो पारिएसँगै एकैदिनमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लकडाउन खुकुलो पारिएसँगै एकैदिनमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च

एजेन्सी / लकडाउन खुकुलो पारिएसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठन अनुसार पछिल्लो २४ घन्टामा संसारभर १ लाख ८३ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

लकडाउन खुकुलो पारिएसँगै दक्षिण अमेरिकी देश र दक्षिण एसियाली देशमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको जनाएको छ ।

दक्षिण एसियाका भारतलगायतका देशमा पनि संक्रमितको संख्या दैनिक रेकर्डमा पुग्न थालेको छ । पछिल्लो २४ घन्टामा भारतमा १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

संसारभर कोरोना भाइरस संक्रमितको संख्या ९० लाख ४६ हजार २ सय १५ पुगेको छ । यसैगरि ४ लाख ७० हजार ७ सय ३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४८ लाख ३८ हजार ३ सय ५९ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर