नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ५ सय ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

काठमाडौं / नेपालमा थप ५ सय ३५ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ९ हजार ५ सय ६१ जना पुगेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ५ सय ३५ जनासहित देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार ७६ जिल्लामा कोरोना फैलिइसकेको छ । ७७ जिल्लामध्ये रसुवामा भने अहिलेसम्म कोरोनाका बिरामी भेटिएका छैनन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म २ हजार १ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाको ज्यान गएको छ ।

 

सम्बन्धित खवर