इंग्लिस प्रिमियर लिगमा सिटीको फराकिलो जित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इंग्लिस प्रिमियर लिगमा सिटीको फराकिलो जित

एजेन्सी / इंग्लिस  प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा सम्पन्न खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले पराजित गर्दै फराकिलो जीत निकालेको हो ।

सिटीको यो जितमा डिएगो फोडिन र रियाद महरेजले समान दुई दुई गोल गरेका थिए । फिल फोडिनले खेलको २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

त्यसैगरि रियाद महरेजले खेलको ४३औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई तीन शुन्यको अग्रता दिलाए ।

डेभिड सिल्भाले खेलको ५१औं मिनेटमा सिटीका लागि एक गोल गरे । फोडिनले खेलको ६३औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पाँच शुन्यको फराकिलो जित दिलाए ।

लिगमा ८ चरणको खेल बाँकी रहँदा सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २० अंकले पछाडी छ । सिटी ६३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर