नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाडौं / नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ६ सय २९ जनासहित देशभर संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, बुधबार १ सय १० जना महिला र ५ सय १९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ ।

बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर