स्पेनिस ला लिगामा रियल फेरि शीर्ष स्थानमा उक्लीयो - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेनिस ला लिगामा रियल फेरि शीर्ष स्थानमा उक्लीयो

एजेन्सी / स्पेनिस ला लिगामा रियल मड्रिड फेरि शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा मालोर्कालाई २–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड ला लिगाकोे शीर्ष स्थानमा उक्लीएकोे हो ।

घरेलु मैदानमा १९ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको थियो । रामोसले ५६ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

जीतसगैं शीर्ष स्थानको रियलले ६८ अंक जोड्न सफल रह्यो । बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टू हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

यसैगरि बुधबार राति नै भएका अन्य खेलमा ओसासुनाले एलाभिसलाई १–० ले पराजित गरेको थियो । यस्तै सेल्टा भिजोले रियल रोडिडाडलाई १–० ले गोल अन्तरले पराजित गरेको थियो ।

सम्बन्धित खवर