ताम्भुङला ताङसेप समिति पुनः गठन : अध्यक्षमा आङदेम्बे - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ताम्भुङला ताङसेप समिति पुनः गठन : अध्यक्षमा आङदेम्बे

माङसेबुङ / धार्मिक पर्यटकीय तिर्थस्थल माङसेबुङ परिसरलाई सदावहार हरियाली बनाउन गठन गरिएको ताम्भुङला ताङसेप येत्हाङ मुक कोक्मा समितिमा फेरबदल गरेको छ ।

विहिबार माङसेबुङ ५, कुवापानीमा आयोजित भेलाले समिति फेरबदल गरी इन्द्र आङदेम्बेको अध्यक्षतामा पुनः गठन गरेको हो ।

यसरी गठित समितिहरुमा उपाध्यक्षद्धय थलङ नरकुमारी पाहिम, धनमाया लिङ्देन, सचिव धनसिंह सम्बाङफे, सह सचिव विष्णु योङहाङ, कोषाध्यक्ष अम्बर तुम्सा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः धिरेन्द्र आङदेम्बे, ताप्मादेन चन्द्रमाया माबोहाङ, चित्र काम्बाङ, बीर बहादुर माबोहाङ र आइतबीर माबोहाङ रहेका छन् । बाँकी सदस्य आगामी बैठकमा थप गर्ने नव निर्वाचित सचिव धनसिंह सम्बाङफेले बताए ।

यसरी समिति फेरबदल किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति वन संरक्षण उप समितिका संयोजक लक्षबहादुर लिङ्देनको उपस्थितीमा ताम्भुङला ताङसेप येत्हाङ मुक कोक्मा समितिका अध्यक्ष सुरेन्द्र फुरुम्बोको अध्यक्षतामा भएको हो ।

समितिले माङसेबुङ चक्रपथ (रिङरोड) परिसर भित्र र धार्मिक संस्थागत जग्गामा वृक्षारोपण गर्ने, पूराना बोट विरुवाको संरक्षण गर्ने कार्य गर्दै आएको छ । यसका लागि रिङरोड परिसर भित्र र संस्थागत जग्गामा गाई बाख्रा चरिचराउन, घाँस दाउरा काट्न पूर्ण प्रतिबन्द गरिएको समितिले जनाएको छ ।

ताम्भुङला ताङसेप समितिका अनुसार सो क्षेत्रहरुमा लागू गरिएको नियम पालना नगरी गाईबस्तु चराउने, घाँस दाउरा काट्ने काम गरिएको पाएमा कार्बाही गरिने छ ।

यसरी लागू गरिएको नियम विपरित हुने कामहरुको नियमित अनुगमन गर्न एक जना वन हेरालु समेत नियुक्त गरिएको जनाइएको छ । सो समिति २०७२ साल जेठ १ गते माङसेबुङ परिसरका किरात धर्मावलम्बीहरुको उपस्थितीमा गठन गरिएको थियो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिले रेखदेख गर्दै आएको जिम्मेवारीलाई वन संरक्षण समिति ताम्भुङला ताङसेप येत्हाङ मुक कोक्मा गठन गरी कार्यभार हस्तान्तरण गरेको माङगेन्ना समितिका अध्यक्ष केहेरसिं योङहाङको भनाई छ ।

सम्बन्धित खवर