थप ४ सय ३४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप ४ सय ३४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुग्यो

काठमाडौं / नेपालमा थप ४ सय ३४ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९)संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरि थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप ४ सय ३४ जनासहित देशभर संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको जानकारी दिए ।

बिहिबार संक्रमितमध्ये २ हजार ६ सय ५० जना उपचारपछि घर फर्किएका छन्, भने २६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर