एजेन्सी । आइफेल टावर १ सय ४ दिनपछि पहिलोपटक पुनः खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको टावर बिहीबारदेखि खुल्ला गरिएको हो ।
विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय पर्यटकका लागि भने खुला नगरिने जनाइएको छ ।
बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरुसहित करिब ५० जनाले सिँढीबाट आइफेल टावरको दोस्रो तलासम्म चढ्ेका छन् ।
सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने जनाइएको छ ।