सुजन तिगेलाको ‘बुढेसकाल’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुजन तिगेलाको ‘बुढेसकाल’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार सुजन तिगेला लिम्बुको आवाजमा सजिएको सुमधुर गीत ‘बुढेसकाल’ भिडियो सार्वजनिक गरिएको छ ।

‘कालजायी’ एल्बमको अपार सफलता पछि ‘कालजायी–२’ मा समाबेश गरिएको उक्त गीत र भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार उत्तरमान तिगेलाको शव्दभावमा सजिएको गीतलाई गायक सुजनलेनै संगीत गरेका हुन् । फणिन्द्र राईको संगीत संयोजन रहेको भिडियोलाई सुजन तिगेला लिम्बुले निर्देशन गरेका हुन् ।

निर्देशनमा समेत डेव्यु गरेका गायक सुजन तिगेला लिम्बु, स्मृति लिम्बु र आस्था लिम्बुको अभिनय रहेको भिडियोको छायंकन भने नवराज घिमिरेले गरेका हुन् ।

भिडियोमा मोहन लामाको सृङगार तथा शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेको छ । मिना सिंह र सुस्मा लिम्बुको कोरस र किसोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेको गीत ‘ए वान म्यूजिसियन’ रकर्डिङ स्टुडियोमा साजन शाह ले रेकर्ड गरेकोे हो ।

भिडियो हेर्नुहोस :

 

सम्बन्धित खवर