रुसी राष्ट्रपति पुटिन अझै १६ वर्षसम्म शक्तिमा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रुसी राष्ट्रपति पुटिन अझै १६ वर्षसम्म शक्तिमा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने भएको छ ।

बिहीबार सार्वजनिक नतिजाअनुसार झन्डै एक साता लामो मतदानपछि राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहने गरि जनमत आएसंगै अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने भएको हो ।

पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । प्रत्येक कार्यकाल ६ वर्षको हुनेछ ।

नयाँ मतादेशले अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । यसैगरि धेरै बच्चा जन्माउनेलाई सुविधा दिने रुसी राष्ट्रपति पुटिनले घोषना गरेका छन् ।

सम्बन्धित खवर