सिरि ए फुटबलमा लिसीबिरुद्ध युभेन्टसको फराकिलो जीत - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सिरि ए फुटबलमा लिसीबिरुद्ध युभेन्टसको फराकिलो जीत

एजेन्सी । युभेन्ट्सले लिसीबिरुद्ध सिरि ए फुटबलमा फराकिलो जित निकालेकोे छ ।

शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले पराजित गर्दै फराकिलो जीत निकालेको हो ।

पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले युभेन्ट्सको जितमा सान्दार गोल गरेका थिए ।

खेलको ५३औं मिनेटमा ड्याबालाको गोलमा घरेलु टोली युभेन्ट्सले सूरुवाती अग्रता लिएको थियो । यसैगरि रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका हिग्विनले खेलको ८३औं मिनेटमा युभेन्ट्सलाई तीन शुन्यको अग्रता दिलाए । त्यसको दुई मिनेटमा डी लिटले हेडमार्फत चौथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

यो जितसंगै युभेन्ट्स लिग उपाधि होडमा अगाडी बढेको छ । युभेन्ट्स ६९ अंक सहिते शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खवर