कमलमा लिम्बुवानको विरोध प्रदर्शन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कमलमा लिम्बुवानको विरोध प्रदर्शन

दमक / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालले जजारकोट हत्या, एम.सी.सी., भ्रष्टाचार र भारतले देशको सिमा मिचेको बिरोधमा झापाको कमल केर्खा चौकमा शनिबार कोण सभा गरेको छ ।

पहिचानको आधारमा १०ं+१ प्रान्तहरु हुनुपर्छ भनेर लिम्बुवान आन्दोलनलाई उठान र नेतृत्व गर्दै देशभरका पहिचानवादी, न्यायप्रेमी जनताहरुलाई संगठित गरेर अघि बढिरहेको राजनैतिक दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिलो संविधान सभामा २ जना सभासद प्रतिनिधित्व गराएको र हाल प्रदेश नं. १ मा एकजना संसद प्रतिनिधित्व गराएको छ ।

मञ्चले नेपालले जजारकोट हत्या, एमसीसी बारे गोलमेच सम्मेलन गर्न, कोरोनाले देश आक्रन्त भएको बेला जनप्रतिनिधिहरुबाट भ्रष्टाचारले देशको अर्थतन्त्र नै धरासयी भए चिन्त व्यक्त गर्दै र भारतको हेपाहा प्रवृत्तिसँगै देशको विभिन्न ठाउँमा सिमा मिचेर बस्दा पनि सरकार मौन रहेको भन्दै विभिन्न जिल्ला क्षेत्रहरुमा बिरोधको कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

यसै बीच शनिबार केर्खा चौकमा आयोजित कोणसभामा संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चका केन्द्रिय उपाध्यक्ष ज्ञानु ईम्बुङ्गले जाजरकोट–रुकुम जातीय नरसंहारको दोषीहरुलाई कडाभन्दा कडा सजाय गरिनु पर्ने, सधैको लागि जातीय विभेद अन्त्य गर्न १३.८ प्रतिशत दलित शिल्पी समुदायलाई गैरभौगोलिक प्रान्त प्रदान गर्नु पर्ने र तीन महिनाको लकडाउनमा १५ सय भन्दा बढी नेपालीले आत्महत्या गर्नुको सम्पूर्ण जिम्मेवारी बर्तमान सरकारले लिनैपर्छ बताएका छन् ।

त्यसैगरी प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनु पर्ने, एम.सी.सी.को बारेमा सर्वप्रथम सरकारले नेपाली जनताको नाममा श्वेतपत्र जारि गरेर गोलमेच सम्मेलन मार्फत सबै राजनैतिक दललाई सहभागी गराउन उपाध्यक्ष इम्बुङ्ले सरकारसँग माग राख्नुभएको छ ।

केन्द्रिय उपमहासचिब तथा झापा जिल्ला इंचार्ज भानु भट्टराईले सरकारी जागीरलाई पूर्ण समानुपातिक गरिनु पर्ने, आर्य र खसको क्लष्टर अलग गरेर १७ प्रतिशत खस क्षेत्रीहरुको अधिकार सुनिश्चित गर्नु पर्ने, हत्या, हिंसा, महंगी, बलात्कार, भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले तुरुन्तै राजीनामा दिने पर्नु बताएका छन् ।

कोणसभा मञ्चका उपमहासचिव दिल कुमार लावती, के. सचिवालय सदस्य भक्त मेन्याङ्बो, भिम सुनुवार, केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो । झापा जिल्ला अध्यक्ष धन बहादुर प्रन्धाकले पनि कोणसभालाई सम्बोधन गरेको कार्यक्रममा झापा, इलामको चुलाचुली तथा नगर, गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संचालन पार्टीका केन्द्रीय सचिव तथा महिला नेतृ विष्णु भट्टराईले संचालन गरेका थिए ।

सम्बन्धित खवर