ला गिा : बार्सिलोना बराबरीमा रोकियो - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ला गिा : बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । ला लिगामा निर्धारित समयको अन्तिम दुई मिनेट अग्रता जोगाउन नसक्दा बार्सिलोना सेल्टाभिगोविरुद्धको खेलमा बराबरीमा रोकिएको छ ।

गएराति सेल्टाको मैदानमा भएको खेलमा निर्धारित समयको अन्तिम २ मिनेट अग्रता जोगाउन नसक्दा बार्सिलोना सेल्टाभिगोविरुद्धको खेलमा बराबरीमा रोकिदैं अंक बाडेको छ ।

सेल्टाविरुद्ध बार्सिलोनाल २–१ ले खेलमा अग्रता बनाएको अवस्थामा ८८ औ मिनेटमा गोल खान पुग्दा रियल मड्रिडसँगको ३ अंकको स्पष्ट अग्रता बनाउने अवसर बार्सिलोनाले गुमाएको हा । बराबरीको बाबजुद पनि बार्सिलोना ६९ अंक सहित समुहको शर्ष स्थानमा उक्लिएको छ ।

अन्तत सेल्टाविरुद्ध बार्सिलोना २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाले खेलको २० औं मिनेटमा कप्तान लियोनल मेस्सीले झन्डै २२ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकमा सुआरेजले ६ यार्ड बक्स अगाडीबाट हेडरमार्फत पहिलो गोल गर्दै अग्रता लिएका थिए ।

खेलको ५० औ मिनेटमा ओके योकुस्लुले जेरार्ड पिकेको चुनौती पार गर्दै दिएको पासमा अनमार्क रहेका स्मोलोभले सहजै गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसैगरि खेलको ६७ औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले खेलमा २–१ को अग्रता बनाएको थियो।

सेल्टालाई अंक दिलाउन कप्तान इयागो आसपासले खेलको ८८ औ मिनेटमा निर्णायक गोल गरे । खेलको प्लेयर अफ दि म्याच बार्साका सुआरेज घोषित भए ।

सम्बन्धित खवर