विश्वभर कोरोनाबाट मृत्यू हुनेको संख्या ५ लाख नाघ्यो, संक्रमित १ करोड बढी - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वभर कोरोनाबाट मृत्यू हुनेको संख्या ५ लाख नाघ्यो, संक्रमित १ करोड बढी

एजेन्सी । विश्वभर कोरोना भाइरस(कोभिड–१९)संक्रमणबाट मृत्यू हुनेको संख्या ५ लाख नेघेको छ । यो समचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरस(कोभिड–१९)संक्रमणबाट मृत्यू हुनेको संख्या ५ लाख १ हजार ८ सय ८४ पुगेको छ ।

यसैगरि विश्वभर कोरोना भाइरस(कोभिड–१९)संक्रमतिको संख्या एक करोड नाघेको छ । यो समचार तयार पार्दा सम्म वोर्ल्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १ लाख ११ हजार २ सय ५९ पुगेको छ ।

कोरोनाबाट सबै भन्दा बढी अमेरिकामा २५ लाख ९६ हजार ८ सय ९४ जना संक्रमित भएका छन् भने अमेरिकामा १ लाख २८ हजार १ सय ५३ जनाको मृत्यु भएको छ ।

कोरानाले अमेरिकापछि सबैभन्दा बढी ब्राजिल प्रभावित भएको छ । ब्राजिलमा अहिलेसम्म १३ लाख १५ हजार ९ सय ४१ जना संक्रमित भएका छन् भने ५७ हजार १ सय ०३ को मृत्यु भएको छ ।

रसियामा अहिले सम्म ६ लाख ३४ हजार ४ सय ३७ जना संक्रमित भएका छन् भने ९ हजार ७३ जनाको मृत्यु भएको छ ।

यसैगरि भारतमा ५ लाख ३० हजार ९ सय ९७ जना संक्रमित भएका छन् भने १६ हजार १ सय २८ जनाको मृत्यु भएको छ ।

यस्तै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ५४ लाख ८३ हजार ९सय १४ रहेको छ ।

सम्बन्धित खवर